५ जेष्ठ २०७९, बिहीबार

चितवन । भरतपुर महानगरको माओवादी केन्द्रकी उम्मेदवार र नेकपा एमालेका उम्मेदवारको मतान्तर झन झन बढ्दै गएको छ ।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रकी रेनु दाहालले हालसम्म १२ हजार ७२९ पाएकी छन् ।

त्यस्तै एमालेका विजय सुवेदीले १० हजार २०० मत पाएका छन् । यसर्थ वर्तमान अवस्थामा रेनु र विजयको मतान्तर २५२९ भएको छ ।

त्यस्तैगरी उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले १४ हजार ९९० मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले ८२७७ मत पाएकी छन् ।

LIVE TV