४ जेष्ठ २०७९, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहको अग्रताका कायमै रहेको छ । बालेन निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा ९२५४ मतले अगाडि रहेका छन् ।

पछिल्लो प्राप्त मत गणनाअनुसार बालेनले १९०८१ मत ल्याउँदा स्थापितले ९८२७ मत पाएका छन् । गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ८८९३ मत पाएर बालेन र स्थापितलाई पछ्याइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV