४ जेष्ठ २०७९, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । निकटत्म प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा बालेन ८६९७ मतले अघि रहेका छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले १८०१६ मत प्राप्त गर्दा स्थापितले ९३१९ मत पाएका छन् । गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ८३७२ मतका साथ बालेन र स्थापितलाई पछ्याइरहेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV