४ जेष्ठ २०७९, बुधबार
  • केदार शर्मा,

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले)का उमेदवार निर्वाचित भएका छन् । मेयरमा एमालेका उमेदवार विनोद रेग्मी निर्वाचित भएका हुन् ।

कालिका–६ का निवर्तमान वडा अध्यक्ष रेग्मी १४३ मत अन्तरले मेयरमा विजयी भएका हुन् । मेयरमा निर्वाचित रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका शिवराम केसीले १० हजार ५७१ मत प्राप्त गरे ।

अन्तिम चरणमा मेयरका दुवै उमेदवारको गृह वडा कालिका–६ मा रेग्मी र केसीबीच कडा प्रतिस्पर्धा भएको हो ।

उपमेयरमा एमालेकी विमला तमाङ ७६१ मतअन्तरले विजयी भइन् । तमाङले १० हजार ४४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सविता लामाले नौ हजार ६८८ मत प्राप्त गरिन् ।

कालिकाका ११ वडामध्ये एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले दुई वडा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV