
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई १,८५२ मतले पछि पारेकी छन् ।
हालसम्म २८,६४३ मत गणना हुँदा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले १० हजार ४४९ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का विजय सुवेदीले ८ हजार ५९७ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १२ हजार ४९६ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ६ हजार ९९२ मत प्राप्त गरेकी छन् ।