४ जेष्ठ २०७९, बुधबार

पाल्पा । पाल्पाको सदरमुकाम तानसेन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । गठबन्धनका उम्मेदवार श्रेष्ठले ११ हजार २७३ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

श्रेष्ठका प्रतिस्पर्धी नेकपा एमाले पाल्पाका अध्यक्षसमेत रहनुभएका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रतीक्षा सिंजाली ११ हजार १५१ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका शशि श्रेष्ठले १० हजार ३७२ मत पाए।

कूल १४ वटा वडा रहेको तानसेनमा वडा नं १, २, ३, ४, ५, ६, ७, ११ र १२ नेपाली कांग्रेस र ८, ९, १० र १४ मा एमाले विजयी भएको छ भने वडा नं १३ मा माओवादी केन्द्र विजयी भएको छ ।

अघिल्लो निर्वाचनमा एमालेका प्रमुख र उपप्रमुख निर्वाचित भएका थिए । कूल ३३ हजार ७६९ मतदाता रहेको तानसेनमा २३ हजार २५३ मत खसेको थियो ।

LIVE TV