४ जेष्ठ २०७९, बुधबार

बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जितेको छ ।

गाउँपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवार रविन्द्र लिङदेन र उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित रविन्द्र लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका माइला भाइ हुन् ।

लिङ्देनले एमालेका डम्बरबहादुर गिरीलाई दुई हजार एक सय ९० को मतान्तरले पराजित गरेका हुन् । हल्दिबारीको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित लिङ्देनले ६ हजार ८ सय ५६ मत पाएका छन् । पराजित भएका एमालेका गिरीले ४ हजार ६ सय ६६ मत मात्र पाए ।

गाउँपालिका उपाध्यक्ष निर्वाचित राप्रपाकी मैनालीले ५ हजार ७८ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तादेवी गौतमले ४ हजार १ सय ६ मत मात्र प्राप्त गरिन् ।

हल्दिबारी राप्रपा अध्यक्ष लिङ्देनको गृह पालिका हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV