४ जेष्ठ २०७९, बुधबार

काठमाडौं । काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले उम्मेवार केसव स्थापितसँगको मतान्तर झन बढाएका छन् ।

पछिल्लो पत परिणाम अनुसार बालेनले १३ हजार ७६१ मत प्राप्त गरेका छन् । एमालेका महानगर प्रमुखको उम्मेदवार केशव स्थापितले ७ हजार ३७७ मत पाएका छन् ।

यो मत परिणाम स्थापित र बालेनको बिच ६ हजार ३८४ अन्तर हो । अर्थात, स्थापितभन्दा बालेन झण्डै साढे ६ हजारले अघि छन् ।

त्यस्तैगरी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६ हजार ५३५ मत प्राप्त गरेकी छन् ।

LIVE TV