४ जेष्ठ २०७९, बुधबार

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली काँग्रेसले जितेको छ ।

गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अनोज चौधरी निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार रामप्रितले महतोलाई एक हजार २६१ मतले पराजित गरेका हुन् । पराजित महतो निवर्तमान गाउँपालिका अध्यक्षसमेत हुन् ।

अनोजले चार हजार ५६० मत प्राप्त गरे भने पराजित महतोले तीन हजार २९९ मत पाएको निर्वाचन प्राप्त गरे ।

त्यस्तैगरी उपाध्यक्षमा काँग्रेसकै रेखाले चौधरीले विजय हात पारेकी छन् । उनले पनि निवर्तमान उपाध्यक्ष उषादेवी थरुनीलाई पराजित गरेकी हुन् । रेखाले चार हजार ७१० मत पाउँदा उषाले दुई हजार ९६५ मत मात्रै पाएकी छन् ।

उक्त गाउँपालिकामा ११ हजार ४९५ मत खसेको थियो ।

LIVE TV