
काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार आचार्यले ११,८१२ मतका साथ अग्रता कायम गरेका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्ण बहादुर थापाले १०,०६२ मतका ल्याएका छन्, भने राप्रपाका शंकर खरालले १,२७१ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले ६२६ मत प्राप्त गरेका छन् ।
त्यस्तै पोखरा महानगरको उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट १२,१३० मतका साथ अग्रस्थानमा छन् । रानाभाटलाई प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जुदेवी गुरुङले ११,४८३ मतका साथ पछ्याइरहेकी छन् । त्यस्तै राप्रपाकी रञ्जनाकुमारी सेनले १,०६९ मत प्राप्त गरेकी छन् ।