३ जेष्ठ २०७९, मंगलवार
  • केदार शर्मा,

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई ३७३ मतले पछि पारेकी छन् ।
हालसम्म ५ वटा वडाको २१ हजार ८६० मत गणना सकिएको छ ।

गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ७ हजार ४७१ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का विजय सुवेदीले ७ हजार ९८ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६०३ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ९ हजार ३२ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ८६९ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरमा अहिलेसम्म नेपाली कांग्रेसले वडा नम्बर १, २, ४ र ५ गरेर ४ वटा वडा जितेको छ, भने एमालेले वडा नम्बर ३ जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV