३ जेष्ठ २०७९, मंगलवार

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा माओवादीका प्रमुख पदका उम्मेदवार विश्वबहादुर थारुलाई पराजित गर्दै कांग्रेसका प्रमुख पदका उम्मेदवार जमानसिं केसी सात हजार ६९८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वबहादुर थारुले छ हजार ६२० मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसका लक्ष्मीकुमारी चौधरी सात हजार १५३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम माओवादी केन्द्रका लीला चौधरीले छ हजार ५८३ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV