३ जेष्ठ २०७९, मंगलवार
  • अनमोल कार्की,

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादी केन्द्रका शम्भु सिंह विजयी भएका छन् । उनले नेपाली कांग्रेसका अरुण कुमार साहलाई १ हजार २२२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

विजयी सिंहले ४ हजार २०४ मत ल्याएका छन्, भने साहले २ हजार ९८२ मत ल्याएका छन् । साह निवर्तमान अध्यक्ष हुन् । साहले सिंहलाई गत स्थानीय तहको निर्वाचनमा पराजित गरेर गाउँ पालिका अध्यक्ष बनेका थिए ।

यसैगरी उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रका शिलादेवी २ हजार ६७९ मत ल्याएर विजयी भ‌एकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मंजुदेवीले २ हजार ३५७ मत ल्याएकी छिन् ।

सो गाउँ पालिकामा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष र २ वडाध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले ३ वडाध्यक्षमा जितेको छ ।

LIVE TV