३ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १९७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १९ जनामा कोरोना देखिएको हो ।

३ हजार ५६५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १८ जना र ६३२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ०१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या ११ लाख १९ हजार २३१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर थप १८ जना संक्रमितकहरु निको भएका छन् । योसँगै नेपालमा निको हुनेहरुको संख्या ९ लाख ६६ हजार ९२१ पुगेको छ । हाल नेपालमा १४९ जना सक्रिय संक्रमितहरु हरेका छन् ।

 

LIVE TV