३ जेष्ठ २०७९, मंगलवार

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)को क्षेत्रीय समिति कान्साई जापानको आठौं कार्यसमिति पुनर्गठन गरिएको छ । नर बहादुर थापाको संयोजकत्वमा एनआरएनए क्षेत्रिय समिति कान्साई पुनर्गठन गरिएकाे हाे ।

अधिवेशनबाट पूर्व उपसंयोजक नरबहादुर थापाको नेतृत्वमा १५ सदस्यीय नया कार्यसमिति गठन गरिएकाे छ । उपसंयोजकमा टिआर गौंडेल र भबिन्द्र कुलुङ राई रहेका छन् भने सचिव विकाश अधिकारी, सह-सचिव मोहन कुँवर, कोषाध्यक्ष तिलक केसी र सह-कोषाध्यक्ष एकराज कटवाल रहेका छन् ।

सदस्यहरुमा संञ्जय कार्की, कुशुम धमला, दिनेश पौड्याल, प्रबिण भुजेल, सजल निरौंला, अञ्जनकुमार बस्नेत, समीर मगर र विश्वास क्षेत्री रहेका छन् ।

संस्थापक सचिव तथा पूर्व संयोजक नारायण स्टेभन्सको सभापतित्वमा एनआरएनए जापानका अध्यक्ष अनिता गुरुङको प्रमुख आतित्थ्यतामा कार्यक्रम  सम्पन्न भएको थियो ।

त्यस्तै कार्यक्रममा अन्तरराष्ट्रिय वकिल डा. बलराम श्रेष्ठ, एनआरएनए जापान सल्लाहकार नरेन्द्र बस्नेत,  वरिष्ठ उपाध्यक्ष छत्र दाहाल, उपाध्यक्ष ग्गा घर्ती मगर, एनआरएनए कान्साई पूर्व संयोजक हरी ढकाल, एनआरएनए कान्साई सल्लाहकार सुनिल केसी, नेसाज महासचिव सञ्जय कार्की, जनजाती महासंगको अध्यक्ष भबिन्द्र कुलुङ राईलगायतका उपस्थित रहेकाे थियाे ।

उक्त कार्यक्रमबाट कान्साईमा देखीएको विवादलाई मध्यनजर गर्दै कार्यसमिति पुनर्गठन गरीएको उपसंयोजक भबिन्द्र राईले जानकारी दिए । कार्यक्रम संस्थाको सचिव विकाश अधिकारीको सञ्चालन तथा स्वागत  मन्तव्य नरबहादुर थापाले गरेका थिए ।

 

 

LIVE TV