३ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । वामपन्थीहरुको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिकामा पहिलो पटक एमाले ‘क्लिन स्विप’ भएको छ । २०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित भएका हुन् ।

एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मत अन्तरले पराजित गर्दै नकर्मी विजयी भएका हुन् । उनले ९ हजार ४३ मत ल्याए भने बज्राचार्यले ५ हजार ५०७ मत ल्याए ।

उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन् । उनले ८ हजार ८६५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी बिन्दु मर्हजनले ७ हजार २०६ मत पाए ।

शाक्य जनता समाजवादी पार्टी ९जसपा०का नेता हुन् । उनले रूख चिन्हबाट चुनाव लडेका थिए ।

कीर्तिपुरमा २०७४ सालमा मेयर र उपमेयर दुबै पदमा एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV