३ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन् ।

२२ हजार ८५० गणना हुँदा सिंहले गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामालाई पछि पारेका हुन् । सिंहले ८२६५ मत प्राप्त गरेका छन् भने
लामाले ८०६७ मत प्राप्त गरेकी छन् । त्यसैगरी एमालेका उम्मेदवार अनन्त पौडेलको ६५२१ मत प्राप्त गरेका छन् ।

​उपमेयरमा गठबन्धनका तर्फबाट राजेश बानियाँले ११७९१ मत ल्याउँदा एमालेका सुमित्रा काफ्लेले ८०३३ मत ल्याएकी छन् । राप्रपाका इन्दिरा डल्लाकोटीले २०१० मत मात्र प्राप्त गरेकी छन् ।

LIVE TV