३ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा भने नेकपा एमालेकी मिनादेवी गौतम निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित ज्ञवालीले ५ हजार ८१७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकी मिनादेवी गौतम ५ हजार ४५१ मतसहित निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६४६ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV