३ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । धादिङको खनियाबास गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस तथा उपाध्यक्षमा माओवादी केन्द्रले जित निकालेको छ ।

अध्यक्षमा रणबहादुर तामाङ निर्वाचित भएका हुन् भने उपाध्यक्षमा माओवादी केन्द्रका सेकेमान तामाङ विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित तामाङले १ जार ६०९ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार फुलबहादुर तामाङले एक हजार ३९६ मत पाएका छन् ।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका सेकेमानले एक हजार ८३७ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी मरियम तामाङले एक हजार २३७ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV