३ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा नेपाली काँग्रेस पुनरआगमन भएको छ । आज सार्वजनिक मतपरिणाम अनुसार ५ हजार ७३९ मतसहित निर्वाचित अध्यक्षमा अध्यक्षमा नेपाली कांग्रेस बृजहाङ आङदेम्बे वियी भएका हुन् ।

उनले अफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार वीरबहादुर कुरुम्वाङलाई पराजित गरेका हुन् । पराजित कुरुम्वाङले ४ हजार ४ सय ४३ मत प्राप्त गरे ।

कुरुम्वाङ निवर्तमान अध्यक्ष हुन् । उनी उपनिर्वाचनमार्फत निर्वाचित भइ गाउँपालिका अध्यक्षमा नेतृत्वमा आएका थिए ।

फाल्गुनन्दको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका ठाकुरसिंह नेम्वाङ ५ हजार १०० मतसहित निर्वाचित भएका छन् ।

एमालेको समर्थन रहेको जनता समाजवादी पार्टिकी उपाध्यक्ष पदकी उम्मेदवार बबिता नेम्वाङलाई ६ सय ५७ मत अन्तरले हराएका हुन् ।

LIVE TV