३ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । भरतपुरमा मतगणनका क्रममा भएको विवाद मिलेको छ । यससँगै मतगगणना कार्य अघि बढेको छ ।
कस्ता मतलाई सदर गर्ने र कस्तालाई बदर गर्ने भन्नेबारेमा गठबन्धन र एमालेबीच असमझदारी भएपछि सर्वदलीय बैठब बसेर विवादको हल गरिएको हो ।

गठबन्धनले रुख र हसिया हथौडा दुवैमा स्वस्तिक चिन्ह लागेकालाई सदर मान्नुपर्ने र एमालेले उक्त मतलाई बदर गर्ने बताएको थियो ।

सर्वदलीय बैठकले मतगणनामा कमजोरी गर्ने कर्मचारीलाई अब निकाल्ने निर्णय गरेको छ । त्यस्तै यसअघि भएका निर्णयलाई सदर गरेर अघि बढ्नेबारे सहमति भएको छ ।

LIVE TV