२ जेष्ठ २०७९, सोमबार

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा (एकीकृत समाजवादी)की मीनाकुमारी लामाले अग्रता लिएकी छन् । लामाले ५,२४५ मतका साथ अग्रतालाई निरन्तरता दिइरहेकी छन् ।

निकटतम् प्रतिद्वन्द्धी राप्रपाका दीपक बहादुर सिंहले ४,९३० मतका साथ नेकपा (एस)की लामालाई पछ्याइरहेका छन् । उनी लामा भन्दा ३१५ मतान्तरले पछाडि रहेका छन् ।

त्यस्तै नेकपा (एमाले)का अनन्त प्रसाद पौडेल ४,३८७ मतका साथ तेस्रो स्थानमा रहेका छन् । यसैबीच उपमेयरमा भने नेपाली कांग्रेसका राजेश बानियाँ ४४२१ मतका साथ अग्र स्थानमा रहेका छन् । उनका निकटतम् प्रतिद्वन्द्धी नेकपा (एमाले)की सुमित्रा काफ्लेले ३२९५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV