२ जेष्ठ २०७९, सोमबार

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार दाहालले ५३८२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ५३६७ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल २५७७ मत पाएका छन् ।

उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले ६४५२ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ४३२१ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV