२ जेष्ठ २०७९, सोमबार

चितवन । चितवनको खैरहनी नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काङ्ग्रेस पराजित भएको छ । उक्त वडामा नेकपा एमालेका उमेदवार बेदबाहादुर अधिकारी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिकारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नारद बरुवाललाई ७१६ मतको अन्तरले पराजित गरेका हुन् । अधिकारीले १५०५ मत ल्याएका थिए भने बरुवालले ७८९ मत प्राप्त गरेका हुन् ।

यसअघि सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसले प्यानलसहित जित हासिल गर्दा यो पटक एमालेले नतिजा उल्टाएको हो । नेपाली काङ्ग्रेसका माहाधिवेशन प्रतिनिधि डाक्टर तिर्थ खनिया र प्रभावशाली नेता राममणी न्यौपानेको वडा रहेको वडा नम्बर ४ लाई काङ्ग्रेसको गढ मानिदै आएको थियो ।

यो पटकको स्थानीय निर्वाचनमा काङ्ग्रेस नमजाले पछारिएपछि वडा अध्यक्षका उमेदवार बरुवालले फेसबुकमा आफ्नै पार्टिका नेताहरुले चुनाव हराउन लागि परेको भन्दै स्टाटसनै लेखेर आरोप लगाएका छन् ।

खैरहनी नगरपालिका वडा नं ४ का बाग्मती प्रदेश अधिबेशन प्रतिनिधि,छेत्रिय प्रतिनिधि ,नेपाली काङग्रेसका जिम्मेवार भन्नेहरूनै असहयोग गर्दा कांग्रेसले हार ब्यहोर्नु परेको बरुवालले बताए ।

LIVE TV