२ जेष्ठ २०७९, सोमबार
  • महेश्वर के.सी.,

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ मा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा एमालेका सुमन तामाङ्ग निर्वाचित भएका हुन् ।

उनले १,५२२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका राजाराम थापाले १,०६८ मत प्राप्त गरेका छन् । त्यस्तै सदस्यहरुमा पनि एमालेकै मैना पराजुली, गोमा मंग्राती, विनोद थापा र सविन अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै उक्त नगरपालिकाको प्रमुख पदमा पनि नेकपा एमालेकै उम्मेदवार मिठाराम अधिकारीले ६ हजार ९१ मतका साथ अग्रस्थानमा रहेका छन् । अधिकारीलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसेले ५ हजार ६१९ मतका साथ पछ्याइरहेका छन् ।

LIVE TV