२ जेष्ठ २०७९, सोमबार

जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी आठ वटा स्थानीय तहमध्ये अहिलेसम्म दुईवटा स्थानीय तहका अन्तिम मत परिमाण आएको छ ।

यहाँको सिंजा क्षेत्र पर्ने हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

जिल्लाको हिमा गाउँपालिकामा लक्ष्मण शाही विजयी भएका हुन् । शाहीले एक हजार ८७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का अम्मराज शाहीले एक हजार ४२३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि कांग्रेसकी सुर्पना शाही विजयी भएकी छन् ।

उनले १ हजार ५१८ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याएकी गाउँपालिकामा रहेको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह २०७४ को निर्वाचनमा हिमामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष विजयी भएको थियो ।

कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले विजयी गरेको छ । कांग्रेसका अध्यक्ष पदका उम्मेदवार दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धनबहादुर रावतले दुई हजार ५६२ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसकी प्रेमकली बुढाले दुई हजार ३८० मत ल्याएकी थिइन् भने उनका निकतम प्रतिस्पर्धी माओवादी केन्द्रकी रीता खत्रीले एक हजार ९४५ मत प्राप्त गरेका छन् । यहाँका तिला, तातोपानी र पातारासी गाउँपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV