२ जेष्ठ २०७९, सोमबार

चितवन । भरतपुर महानगरपालिका प्रमुख (मेयर) मा नेकपा एमालेका विजय सुवेदीको अग्रता कायम रहेको छ ।

पछिल्लो मत परिणामअनुसार १४७३० मत गणना हुँदा विजय सुवेदीले ४९५३ र पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले ४९३० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २२९० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायम रहेको छ । उनले ५९१३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ३९६५ मत पाएकी छन् ।

महानगरको वडा अध्यक्षतर्फ एमालेका भानुभक्त सापकोटाले ९२७ र कांग्रेसका अर्पण पोखरेलले १४३४ मत पाएका छन् ।

LIVE TV