२ जेष्ठ २०७९, सोमबार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् ।

उनलाई सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले पछ्याइरहेकी छन् । जारी मतगणनाको सुरुवातदेखि नै सवेदी र दाहालबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

सोमबार विहानसम्म ११ हजार ३२८ मत गणना हुँदा एमालेका सुवेदीले ५० मतको अग्रता बनाएका छन् । सुवेदीले तीन हजार ९४४ मत ल्याएका छन् भने दाहालले तीन हजार ८९४ मत पाएकी छिन् । कांग्रेसका बागी उम्मेद्वार जगन्नाथ पौडेलले एक हजार ५७२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV