२ जेष्ठ २०७९, सोमबार
  • युवराज आचार्य

झापा । झापाको मेचीनगरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरूष पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर ७ का ५२ वर्षिय गणेश राजवंशी रहेका छन् ।

नातामा मीतबुवा पर्ने राजवंशीले निर्वाचनको दिन बैशाख ३० गते शुक्रबार अभिभावकहरू मत हाल्न गएको मौका छोपेर ती बालिकालाई नजिकैको चिया बगान लगेर जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाको परिवारले जनाएको छ ।

परिवारको अनुसार पीडक राजवंशीले यसअघि पनि गाँउमा अन्यलाई यस्ता क्रियाकलाप गर्ने गरेका थिए । अहिले प्रहरीले राजवंशीलाई पक्राउ गरी आवश्यक कानुनी कार्वाही अगाडि बढाइसकेको जनाएको छ ।

LIVE TV