२ जेष्ठ २०७९, सोमबार

काठमाडौं । लमजुङको दुधपोखरी गाउँपालिकाको अध्यक्ष गठबन्धनले जितेको छ । नेपाली कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर तामाङले २०२४ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङले २५६८ मतकासाथ विजयी भएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कृष्ण गुरुङले १७७४ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV