२ जेष्ठ २०७९, सोमबार

काठमाडौं । मुचुल्कामा भएको भन्दा कम मत भएको पाइएपछि भरतपुर महानगरको मतगणना कार्य रोकिएको छ ।

महानगरको वडा नम्बर २ मा मुचुल्काभन्दा ३० मत कमपाइएपछि मतगणना रोकिएको हो ।

हाल रेनु दाहाललाई अग्रता छ । एमालेका मेयरका उम्मेदवार विजय सुवेदीसँग रेनुको कडा टक्कर परिरहेको छ । मत गणनाका क्रममा घरी रेनुले उछिन्छिन् भने कुनैबेला विजय सुवेदीले उछिन्ने गरेका छन् । यद्यपि पछिल्लो मतगणना रोकिनुअघि भने रेनुकै अग्रता कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV