
काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका अध्यक्ष नेकपा (माओवादी केन्द्र)ले जितेको छ ।
माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार अशोक राईले ३ हजार ६८६ मत ल्याउदै एमालेका उम्मेदवार वसन्त राईलाई पराजित गरेका हुन् ।
पराजित एमालेका उम्मेदवार राईले ३ हजार २५८ मत प्राप्त गरेको जनाइएको छ ।
उता उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सिता राई विजयी भएका छन् । उनले ३ हजार ५६१ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ शेर्पाले ३ हजार २२४ मत प्राप्त गरेका छन् ।