१ जेष्ठ २०७९, आईतवार

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका – ४ इवाको वडा अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र गुरूङले ६ सय ९३ मत प्राप्त गरि विजयी भएका हुन् ।

नेकपा (एमाले)का नरेन्द्र कुमार ईङनाम पराजित भएका छन् । उनले  ५ सय ६३ मत प्राप्त गरि  गरेका थिए ।  यस वडामा वडामा गठबन्धनको प्यानल नै विजयी भएको छ । इवा एमाले अध्यक्षा केपी  शर्मा ओलीको जन्म वडा हो ।

यहाँ केही वर्षअघि उनले जन्मदिन मनाएका थिए । सो क्रममा उनले इवामा प्राविधिक शिक्षलयसमेत स्थापना गर्ने निर्णय गरेका थिए । हाल उक्त शिक्षालयको भवनसमेत बनिरहेको छ ।

सो क्रमाम उनले इवाबाट तत्कालीन एमाले महासचिव स्व. मदन भण्डारीको घर ताप्लेजुङ जानेबाटोको उद्घाटनसमेत गरेका थिए ।

यस आठराई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा गठबन्धनका उम्मेदवारहरु भारी मतका साथ अग्रता कायम गरिरहेका छन् ।

LIVE TV