१ जेष्ठ २०७९, आईतवार

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा नेकपा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् । यसअघि अग्रता लिँदै आएकी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई पछि पार्दै सुवेदीले अग्रता लिएका हुन् ।

सुवेदीले २६९३ मत प्राप्त गर्दा दाहालले २६७८ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८६२ मत पाएका छन् ।

उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार हिमला गुरुङ्गलाई पछि पारेका छन् । अधिकारीले २९५३ मत ल्याउँदा गुरुङ्गले २१६२ मत पाएकी छन् ।

महानगरको वडा नम्बर २ को वडाध्यक्षतर्फ कांग्रेसल ८३० मतका साथ अग्रत लिएको छ भने एमालेले १७९५ मतका साथ पछ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV