१ जेष्ठ २०७९, आईतवार

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।

नेपाली कांग्रेसकै समर्थनमा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेका ज्ञानेन्द्र रुम्दालीले ४१३५ र उपाध्यक्षमा आश्राचन राईले ३३९६ मत ल्याएका छन् ।

अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका रुपलाल तामाङले ३००९ मत ल्याएका छन् भने उपाध्यक्षका प्रतिस्पर्धी दिपेन्द्र रुम्दालीले २३०१ मत ल्याएका छन् ।

अध्यक्ष पदका लागि नै प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका युवराज राईले ४०३ मत पाएका छन् भने उपाध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रेका माओवादीकी चम्पासरी राईले ५९८ मत पाएका छन् ।

१९,८८३ कूल जनसंख्या यस गाउँपालिकामा कुल मतदाता संख्या १५,३९० रहेका छन् । जसमा ७,७४१ पुरुष र ७,६४९ महिला रहेका छन् । यस गाउँपालिकामा ९ वडा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV