१ जेष्ठ २०७९, आईतवार
  • हरिशंकर शर्मा,

वीरगञ्ज (पर्सा) । पर्साको छिपहरमाई गाउँपालिकाको मतगणना स्थगित भएको छ । मतगणना कार्यमा संलग्न कर्मचारीको गतिविधि शंकास्पद भेटिएपछि विवाद भई मतगणना स्थगित भएको हो ।

छिपहरमाई गाउँपालिकाका प्रमुख निर्वाचन अधिकृत मुकुन्द निरौलाले, ‘यहाँ खटिएका कर्मचारीहरुले गल्ती गरेको उजुरीनै आएपछि अब ति कर्मचारीहरुलाई खटाएर मतगणना गराउन सक्ने स्थिति रहेन । अर्को कर्मचारी टोली नआएसम्म मतगणना स्थगित गरिएको छ ।’

त्यस्तै उनले भनेका छन्, ‘मतगणनाको परिणम सार्वजनिक गर्ने क्रममा तलमाथि हुन गएको कुरा सही हो । अंक अग्रेजी हो कि नेपाली भन्ने दुविधामा त्रुटी भेटिएको छ । अब अर्को कर्मचारी टोली आएपछि मात्रै मतगणना पुनः सुचारु हुन्छ ।’

उनका अनुसार मत परिणाम सार्वजनिक गर्ने क्रममा कर्मचारीले नेकपा (एमाले)का उम्मेदवार मनोज साहको मत १५९० को ठाउँमा ‘१६२०’ घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो ।

प्रतिद्वन्द्धी पार्टीका प्रतिनिधिहरुले यस्तो गडबडी हिजोदेखि पटक–पटक दोहोरिएको बताए ।

LIVE TV