१ जेष्ठ २०७९, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई दोब्बरभन्दा बढी मतले पछि पार्दै स्वतन्त्र उम्मेदवार साहले ४१३९ मत प्राप्त गरेका हुन् ।

त्यसै गरी एमालेका मेयरका उम्मेवार स्थापितले १९९६ मत प्राप्त गरेका छन्, भने सत्तारुढ गठबन्धनकी उम्मेदवार सिर्जना सिंहलाई १८०२ मत प्राप्त भएको छ । त्यसैगरी राप्रपाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले हालसम्म २८२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३५९१ मत ल्याई अग्रता कायम गरेकी छन् । सत्तारुढ गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले १०२७ मत ल्याएका छन् । त्यसैगरी राप्रपाकी उपमेयरका उम्मेदवार विनिता मगैयाले ७६२ मत प्राप्त गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV