१ जेष्ठ २०७९, आईतवार

रोल्पा । रोल्पाको थवाङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् ।

बुढाले दुई हजार १२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत प्राप्त भएको थियो । उपाध्यक्षमा माओवादी केन्द्रका शर्मिला बुढामगर दुई हजार १२२ मत ल्याई विजयी भएकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गरेका छन् । थवाङमा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए । सो गाउँपालिका–१, २, ३ र ५ मा नेकपा माओवादीले जितेको छ ।

वडा नंं १ मा हिराप्रसाद बुढामगर, वडा नं २ मा अभिलाषा रोकामगर वडा नंं ३ मा जनक बुढामगर र वडा नंं ५ मा गोवद्र्धन घर्तीमगरले विजय हासिल गरेका छन् । वडा नं ४ मा भने नेकपा एमालेका हिक्मत घर्तीमगरले विजय हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV