१ जेष्ठ २०७९, आईतवार

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र)ले अग्रतालाई निरन्तरता दिएको छ । अध्यक्षमा माओवादी केन्द्रका असिम राईले ३,५८६ मतका साथ अग्रतालाई निरन्तरता दिएका हुन् ।

त्यस्तै नेपाली कांग्रेसले ३,०९० मतका साथ माओवादी केन्द्रका राईलाई पछ्याइरहेको छ, भने नेकपा एमालेले १,३४१ मत प्राप्त गरेको छ ।

यसैबीच उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सविता राईले ३,३५१ मतका साथ अग्रतालाई निरन्तरता दिएकी छन् । उनलाई नेपाली कांग्रेस ३,०८१ मत र नेकपा (एमाले)ले १,५१८ मतका साथ पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV