१ जेष्ठ २०७९, आईतवार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) को अग्रता कायमै छ ।

दुई हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गरका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रणबहादुर महराले ६६३ मत प्राप्त गरेका छन्। यसैगरी नेपाली कांग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का माधव पन्तले ५७१, नेकपा एमालेका मोनिका भट्टले ५२० र नेपाली कांग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गरेका छन्। वडा नं १ का अध्यक्षमा एमालेका उत्तरदेव भट्ट ७८३ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्ण विष्टले ५३५ मत ल्याएका छन्। त्यस्तै नेकपा (एकीकृत समाजवादी) का हरिश विष्टले ३८४ मत प्राप्त गर्नुभएको छ । अहिले वडा नं २ को मतगणनाको कार्य सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV