१ जेष्ठ २०७९, आईतवार

चितवन । चितवनको भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ । मतगणनाको क्रममा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि जारी मतगणना रोकिएको हो ।

नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा लगाइएको छाप मधुरो देखिएपछि निर्वाचन अधिकृतले बदर भनेपछि मत बदरको विषयलाई लिएर विवाद उत्पन्न भएको हो ।

अहिले नेकपा एमालेका प्रतिनिधिहरु मतगणना स्थल भन्दा बाहिर रहेका र आन्तरिक छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV