१ जेष्ठ २०७९, आईतवार
  • केदार शर्मा,

चितवन । निकै चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेणु दाहालले आफ्नो अग्रतालाई निरन्तरता दिएकी छन् । ताजा मत परिणाम अनुसार ४,८७७ मत गणना हुँदा रेणु दाहालले १,७२७ मतका साथ आफ्नो अग्रतालाई निरन्तरता दिएकी हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्धी नेकपा (एमाले)का विजय सुवेदीलाई ८० मतले पछाडि पार्दै रेणुले अग्रतालाई निरन्तरता दिएकी हुन् । एमालेका सुवेदीले १,६४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै जगन्नाथ पौडेलले ५७९ मत प्राप्त गरेका छन् । भरतपुर महानगरको उपमेयरमा पनि पनि पाँच दलीय गठबन्धनका चित्रसेन अधिकारीले नै अग्रता कायम गरेका छन् । उनले १,८९५ मत प्राप्त गरेका छन्, भने मिहला गुरुङले १,३३३ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV