१ जेष्ठ २०७९, आईतवार

काठमाडाैँ । महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । अहिले सम्मकाे अपडेटअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले २ हजार ८२० मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का केशव स्थापित भने १३ सय १३ मतले पछाडि छन् । उनले १ हजार ५०७ मत पाएका छन् । उता नेपाली कांग्रेसका सिर्जना सिंहले १ हजार ४४९ मत प्राप्त गरेकी छन् । उक्त मतहरू  वडा नं ३२, १, २, ३ र ४ को गणनाबाट प्राप्त भएका हुन् । यी वडाकाे गणना चरणमा रहेको र छिट्टै विजेता घोषणा गरिने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ । कामपा वडा नं ३१ को पनि गणना शुरु गरिएको छ ।

यसैगरी उपप्रमुखमा एमालेकी सुनिता डङ्गोल फराकिलाे मतले अगाडि छन् । डंगोलले यो समाचार तयार पार्दासम्म २ हजार मत ल्याइसकेकी छन् । डंगोलका अन्य प्रतिस्पर्धी रामेश्वर श्रेष्ठ र विनिता मगैयाले क्रमशः ५८० र ५१३ मत लिएका छन् ।

मतगणनामा ढिलाइ कारण आलोचना हुन थालेपछि निर्वाचन कार्यालयले गणना केन्द्र थप गरेको छ । कार्यालयले एक केन्द्र थप गरी विभिन्न छ स्थानबाट मतगणना गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV