१ जेष्ठ २०७९, आईतवार

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक बिजयी भएका छन्  । उनले दुई हजार २८५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले दुई हजार ९० मत प्राप्त गरे ।

उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोकाले तीन हजार ४०३ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी छममाया घर्तीले ५६१ मत प्राप्त गरे । यस्तै पालिकाका पाँचवठटै वडामा गठबन्धका उम्मेदवार विजयी भएका छन् ।

वडा नं १ मा यम बहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ मा जीतबहादुर खत्री र ५ मा मनबहादुर खत्री विजयी हुनुभयो । गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धको प्यानलै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV