१ जेष्ठ २०७९, आईतवार

डोटी । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो ।

निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्टले दुई हजार ४०७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गरे ।

गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका भक्तबहादुर साउदले एक हजार ४७१ मत प्राप्त गरे । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी देवीसरा घर्तीले ८३२ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV