१ जेष्ठ २०७९, आईतवार

बझाङ । बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विर्नाचित भएका छन् । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भएका हुन् ।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत पाईन् ।

यो पालिकामा वडानम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी बिजयी भएका छन् । वडा नम्बर २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडानम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV