
काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका छवि सुवेदी ३२०० मत ल्याए अध्यक्षमा निर्वाचित भएका हुन् ।
सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २५४४ मत ल्याएका छन् भने तेस्रो भएका नेकपा एमालेका शसिराम विश्वकर्माले १९२० मत पाएका छन् ।
फोटोमा अध्यक्ष सुवेदी उपाध्यक्ष गंगबहादुर शाहीको साथमा ।
गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २८४३ मत पाए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी अमृता सिंहले २४०५ मत ल्याइन् ।
तेस्रो भएकी एमालेकी गीत चन्दले १९१८ मत पाएकी छन् । नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।