१ जेष्ठ २०७९, आईतवार
  • नवीन केसी

अर्घाखाँची । नेपाली कांग्रेसले ८ स्थानमा वार्ड अध्यक्षमा विजयी हुँदै हालसम्म पहिलो स्थानमा रहेको छ । नेकपा एमालेले ६ स्थानमा विजय हासिल गर्दै दाेस्राे स्थानमा रहेको छ । नेकपा माओवादीले २ स्थानमा विजयी हुँदै तेस्रोमा रहेको छ । अन्य कुनै दलले विजय हासिल गर्न सकेका छैनन् ।

नेपाली कांग्रेसले सन्धिखर्क नगरपालिकाको वार्ड नम्वर १ मा माधव श्रेष्ठ, भुमिकास्थान नगरपालिका- १ मा गोपाल खनाल, पाणिनी गाउँपालिका वार्ड नम्वर १ मा कमल पाेखरेल, पाणिनी गाउँपालीका वार्ड नम्वर २ मा चन्द्रकान्त पौडेल, छत्रदेव गाउँपालिका वार्ड नम्वर ५ मा बालकृष्ण पाेखरेल, शीतगंगा नगरपालिका वार्ड नम्वर १ मा मानबहादुर सिंजापति, शीतगंगा- १४ मा दामोदर न्यौपाने, सन्धिखर्क नगरपालिका वार्ड नम्वर १२ मा नारायण खड्का विजयी हुनुभएको छ ।

दाेस्राे स्थानमा रहेको एमालेले मालारानी गाउँपालिका वार्ड नम्वर १ मा दधिराम आचार्य, पाणिनी गाउँपालिका वार्ड नम्वर ८ मा रोमबहादुर पाण्डे, भूमिकास्थान नगरपालिका वार्ड नम्वर १० मा खगेश्वर पन्थी, छत्रदेव गाउँपालिका वार्ड नम्वर ४ मा भीमलाल खनाल, पाणिनी गाउँपालिका वार्ड नम्वर ७ मा गुनाखर अधिकारी, शीतगंगा नगरपालिका वार्ड नम्वर १३ मा दुर्गा बीसी विजयी हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट मालारानी गाउँपालिका- ९ मा महेन्द्र खनाल, मालारानी- २ मा योगेन्द्र भुसाल विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV