१ जेष्ठ २०७९, आईतवार

ललितपुर । ललितपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता बढाउँदै लगेका छन् ।

आइतबार बिहान ६ बजेको मत परिणामअनुसार दोब्बर बढीले अग्रता लिएका छन् । उनले १४०० मत गणना सकिँदा ७०६ मत पाएका छन् भने एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत पाएका छन् ।

नेपाली काँग्रेसका महर्जनलाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV