
कैलाली । रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले टिकापुर नगरपालिकाको वडा नम्बर ५ मा वडाध्यक्ष जितेको छ ।
चौधरीको पार्टीका उम्मेदवार बलवीर थारुले ८२० मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
थारुका प्रतिद्वन्द्वीले अनन्त खड्काले ४६१ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका विजय सार्कीले ४४७ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।